काठमाडौँ । सामाजिक सञ्जालबाट व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले बझाङकी रश्मिला धामीलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको साइबर ब्युरो स्रोतले जानकारी दिएको छ ।
आइतबार पक्राउ परेकी उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले अनुमति माग गर्दै सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ ।
प्रतिक्रिया