प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता झलनाथबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका नेता झलनाथबीच भेटवार्ता


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

दुई नेताबीच बालुवाटारमा वार्ता गरेको बालुवाटार स्रोतले जानकारी दियो । भेटमा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली काँग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।