जनमतको अवरोधपछि मधेस प्रदेश सभा बैठक स्थगित

जनमतको अवरोधपछि मधेस प्रदेश सभा बैठक स्थगित


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । जनमत पार्टीले नाराबाजी गरेपछि मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन मंगलबार प्रदेश सभा बैठक बोलाइएको थियो।

तर बैठक सुरु भए लगतै जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले सरकारले जनमत पार्टीका सांसदहरूमाथि भएको आक्रमणको घटनामा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै विरोध जनाएका थिए।

सप्तरीको राजविराजमा गत माघ ८ गते कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा तत्कालीन शिक्षा तथा संस्कृति मन्त्रीसमेत रहेका जनमत संसदीय दलका नेता महेशप्रसाद यादव लगायतका केही सांसदहरूमाथि आक्रमण भएको थियो।

तेस्रो पटक मुख्यमन्त्री यादवले विश्वासको मत लिएको दिन फागुन ६ गते त्यस घटनाबारे छानबिन गर्न समिति गठन गरिएको थियो। तर समितिले काम नगरेको उनले आक्रोश पोखेका छन्।