काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार प्रज्वल पंगेनीले जानकारी दिएका छन । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत सुरु गरीएको थियो ।
साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन समेत सुरु गरेको उनले जानकारी दिएका छन ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित रहेका छन । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।
प्रतिक्रिया