पिएसजी र डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा

पिएसजी र डर्टमन्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा



लन्डन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) र जर्मनी क्लब डर्टमन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा पिएसजीले स्पेनिस क्लब बार्सिलोनालाई समग्र ४–६ अन्तरले पराजित गरेको हो । पहिलो लेगमा ३–२ ले पराजित पिएसजीले दोस्रो खेलमा ४–१ ले बार्सिलोनालाई पराजित गरेको हो ।

यस्तै डर्टमनले स्पेनिस क्लब एथलेटिको म्याड्रिडलाई समग्रमा ५–४ ले पराजित गरेको हो । डर्टमन पहिलो लेगमा एथलेटिकोसँग २–१ ले पराजित भएको थियो । दोस्रो लेगमा डर्टमन ४–२ ले विजयी भएपछि समग्र नतिजा उसको पक्षमा पुग्यो ।

बुधबार बिहान सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित भएको हो । बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक-एक गोल गरेका थिए । 

त्यसैगरी बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए । यस खेलमा खेलको २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । 

यता, स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समग्रमा ५–४ गोल अन्तरले पराजित गर्दै डर्टमन्डले सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा २–१ गोल अन्तरले विजयी भएको मड्रिड दोस्रो लेगमा ४–२ गोल अन्तरले पराजित भएपछि अन्तिम चारमा पुग्न सफल भएन । घरेलु मैदानमा डर्टमन्टले ३४ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि जुलियन ब्रान्ड्टले गोल गर्दै अग्रता दिलाए ।

उनले गोल गरेपछि पहिलो लेगेको नतिजाका आधारमा समग्रमा २–२ को बराबरी गरे । ३० औं मिनेटमा इयान म्याटसेनले गोल गरेपछि डर्टमन्ड २–० ले अघि बढेको थियो । ४९ औं मिनेटमा म्याट हुमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिको मड्रिडले खेलमा फर्किने प्रयास गरेको थियो ।

६४ औं मिनेटमा एन्जल कोरेराले गोल गरेपछि मड्रिडले समग्रमा ४–३ को अग्रता बनाउँदै अघि बढेको थियो । तर, डर्टमन्डका निकलस फलक्रुजले गोल गरेपछि ७१ औं मिनेटमा खेल रोमाञ्चक मोडमा पुगेको थियो । ७४ औं मिनेटमा मार्सेल साबिट्जेरले गोल गर्दै डर्टमन्डले ४–२ को जितसँगै समग्रमा ५–४ को नतिजासँगै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ ।