मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी

मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी



काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रालिसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रमबीच यस समझदारी पत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र फाईनान्स फ्रेन्डका तर्फ बाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको ATM Visa मा आवद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट नि:शुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ ।