अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन्।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

नेपालको संविधानको धारा ८६ को उपधारा २ खण्ड (ख) मा राष्ट्रिय सभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनीत गर्न सिफारिस गरेको थियो।