काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई सघाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले सत्तारुढ एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठनका लागि सघाउने निर्णय गरेको हो । समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
यसैगरी कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी गैरकानुनी र असंवैधिनिक ढंगले चल्न खोजेको निष्कर्ष निकालेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीले अदालतको आदेशसमेत अवज्ञा गरेको कांग्रेसको निष्कर्ष छ ।
प्रतिक्रिया