सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्त गैरसंवैधानिक: कांग्रेस

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्त गैरसंवैधानिक: कांग्रेस


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति गैरसंवैधानिक भएको स्पष्ट पारेको छ । कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ५ सहित २३ जना प्रदेशसभा सदस्यले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्ति नगर्न प्रदेश प्रमुख नजिर मियाँलाई ज्ञापानपत्र बुझाएका थिए ।

तर प्रदेश प्रमुख मियाले एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आज मुख्यमन्त्रीमा सोडारीलाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख मियाँले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको उल्लेख छ ।

सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफुहरुको समर्थन नरहेको बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफुहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।

पत्रमा उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन् । पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन् ।

पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुन् । नाउपा भित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।