एनआइसी एशिया वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने बैंक बन्न सफल

एनआइसी एशिया वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने बैंक बन्न सफल



काठमाडौं । एनआइसी एशिया बैंक नेपालका वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै मोबाइल एप प्रयोग हुने वाणिज्य बैंक बन्न सफल भएको छ। यस बैंकको मोबाइल एप सबैभन्दा धेरै डाउनलोड भएकोमा परेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यस बैंकको मोबाइल बैंकिङ एप (मो बैंक) ३६ लाख पटक डाउनलोड भएको छ भने २५ लाख ४१ हजार ८ सयभन्दा धेरै ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेको छन्।

जुन समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक प्रयोगकर्ताभन्दा १७७ प्रतिशत अर्थात् १६ लाख २२ हजारले बढी हो। समग्र बैंकिङ क्षेत्रको औषत प्रति बैंक मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ९ लाख १९ हजार रहेका छन्। वाणिज्य बैंकहरूमध्ये यो धेरै ठूलो उपलब्धि हो।

बैंक मुलुककै सबैभन्दा धेरै शाखा विस्तार गर्न सफल भएकै अवस्थामा ‘डिजिटल फर्स्ट’ योजनाबाट हातहातमा बैंक पुग्न सफल भएको छ। ४१ लाख ग्राहक संख्या पुगेको एनआइसी एशिया बैंकले ‘मास बेस बैंकिङ’ गरिरहेको छ।

बैंकले अनलाइनबाट अहिले हरेक किसिमका भुक्तानी, फन्ड ट्रान्सफर, खातासम्बन्धी काम, कार्ड सम्बन्धी काम, रेमिटको काम, मोबाइल एपबाटै एटिएमबाट पैसा झिक्न सकिने, भिडियो केवासीलगायतका सुविधाहरू ल्याएको छ।

बैंकिङ सर्भिसभित्र फिक्स डिपोजिट गर्न, सेयर अप्लाइन, इ–कमर्श एक्टिभ गर्न, डिम्याट खाता खोल्न, कार्ड, शाखा र एटिएमको जानकारी लिनेदेखि १८ वटा सेवाहरू लिन सकिन्छ त्यससँगै कार्ड, मोबाइल टपअप र कार्डलेस विथड्रको अप्सन पनि रहेका छन्।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।