सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा

सोडारी मुख्यमन्त्री शपथ लिएकै भोलिपल्ट अल्पमतमा


ग्लोब नेपाल
1.8k
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् ।

मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् ।

‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा शपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निराश रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेन, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहुमत पाउने भन्दै सरकारमा गएका थिए ।