काठमाडौं । आज शनिबार चोभारमा लागेको डढेलो निभाउन जाँदा जुद्ध वरुण यन्त्रको एक दमकल दुर्घटना ग्रस्त भएको छ ।
१२ बजेतिर चोभारको चापडाँडामा लागेको आगो निभाउन गएको १ बजेर १० मिनेटमा सो दमकल दुर्घटना भएको प्रहरलिे जानकारी दिएको छ । ७ जना सवार दमकल कर्मचारीमध्ये ६ जना घाइते भएका छन् भने १ जना सकुशल रहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
प्रतिक्रिया