एमाले लयमा फर्किएको अध्यक्ष ओलीको निष्कर्ष

एमाले लयमा फर्किएको अध्यक्ष ओलीको निष्कर्ष

५ लाख सदस्य थप्ने एमालेको लक्ष्य


ग्लोब नेपाल
540
Shares

काठमाडौं । पूर्व प्रधानमनत्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनपछि उत्पन्न कठिन परिस्थिति पार गरेर एमाले फेरि लयमा फर्किएको निष्कर्ष निकालेका छन ।

आज (शनिबार)बाट ललितपुरको गदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले एमालेको यात्रा लयमा फर्किएको निष्कर्ष निकालेका हुन् ।

अध्यक्ष ओलीद्धारा प्रस्तुत गरीएको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘नेकपाको विभाजनको निर्णायक विन्दुका रुपमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभियोगपत्र दर्ता भएपछिका घटनाक्रमहरु केलाउँदा नेकपा (एमाले)ले कसरी कठिन यात्रा पार गरेर आफूलाई आजको अवस्थामा ल्याइपुर्‍याएको छ भन्ने स्पष्ट हुन्छ’ ।

अध्यक्ष ओलीले एमाले लयमा फर्किएको तथ्य देखाउन २८ कात्तिक २०७७ यताका प्रमुख राजनीतिक घटनाक्रमहरु सारांशमा प्रस्तुत गरेका छन् । नेकपाभित्रको विवादकै क्रममा आफूविरुद्ध अर्का अध्यक्ष प्रचण्डसहितका ५ नेताले लेखेको १९ बुँदे आरोपपत्र नै नेकपा विभाजनको सुरुवात भएको ओलीको दावी छ ।

त्यही पत्रबाट सुरु भएको नेकपाको संकट, पार्टी विभाजन र फेरि एमाले पुनर्गठनसम्मका घटनाक्रमलाई प्रतिवेदनमा क्रमशः उल्लेख गरिएको छ ।

५ लाख सदस्य थप्ने एमालेको लक्ष्य
एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य राखेको छ । आज शनिबार बाटललितपुरको गोदाबरीमा सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने थप ५ लाखभन्दा बढी पार्टी सदस्य आवाश्यकता पर्ने उल्लेख गरिएको छ ।

त्यसका लागि बलियो पार्टी निर्माण पूर्वर्शत भएको अध्यक्ष ओलीले बताएका छन् । उनले भनेका छन ‘हाम्रो पार्टी बाहिर पनि राष्ट्रिय शक्तिका पक्षधर छन्, तर तिनीहरु बलिया, प्रभावकारी वा अगुवाई गर्न सक्ने भूमिकामा छैनन्’, उनले भनेका छन्, ‘बलियो एमालेको नेतृत्वमा मात्र तिनीहरुलाई राष्ट्र निर्माणका काममा गोलबद्ध गर्न सकिन्छ ।’