कांग्रेस महामन्त्री थापा अमेरिकामा

कांग्रेस महामन्त्री थापा अमेरिकामा


ग्लोब नेपाल
1.4k
Shares

क्यालिफोर्निया । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अमेरिका भ्रमणमा आउने भएका छन् । पारिवारिक र व्यक्तिगत भ्रमणमा उनी अमेरिका आउन लागेका हुन् ।

इलामको चुनावी सभालाई सम्बोधन गरेर नेता थापा सिधै अमेरिका उडेका हुन् । अमेरिकाको सन् फ्रान्सिस्को सहरमा आईतवार अपरान्ह ४ बजे अवतरण गरेर नेता थापा साँझ ५ बजे नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी हुनेछन्।

महामन्त्री थापा औपचारिक कार्यक्रम सकिएपछि सपरिवार (दिदी भान्जीहरुसहित) उनका भाइ बसेको राज्य मिन्नेसोटा जाने छन् । थापाका काका र दिदीहरु सन् फ्रान्सिस्कोमा बस्छन् भने उनका दुबै भाइ मिन्नेसोटामा बसोबास गर्छन् ।

महामन्त्री थापाकी श्रीमती र छोरीहरु चाँहि एक साता पहिले नै सन् फ्रान्सिस्को आइसकेका छन् । नितान्त पारिवारिक भ्रमण भन्दै नेता थापाले अन्य राजनीतिक भेटघाटका कार्यक्रम नराखेको उनी निकट नेपाली जनसम्पर्क समितिका एक पदाधिकारीले जानकारी दिएका छन् ।

महामन्त्री निर्वाचित भएपछि पहिलोपटक अमेरिका आउन लागेका थापाको स्वागतका लागि क्यालिफोर्नियामा रहेका कांग्रेसजन निकै उत्साहित देखिएका छन् ।