एमालेद्वारा आयोजित नेकपा हीरक महोत्सवमा माधव नेपाल सहभागी नहुने

एमालेद्वारा आयोजित नेकपा हीरक महोत्सवमा माधव नेपाल सहभागी नहुने



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमालेद्वारा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवमा सहभागी नहुने भएका छन् ।

एमालेको निमन्त्रणा पाए पनि नेपाल भने यस कार्यक्रममा नजाने उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने कार्यक्रममा जाने बताइएको छ ।

एमालेले आज कम्युनिष्ट पार्टीको स्थापनाको ७५औं बर्षको अवसरमा विशेष कार्यक्रम गरिरहेको छ । गोदावरीमा हुने सो कार्यक्रममा एमालेले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्दै छ ।

एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।