कतारका राजा काठमाडौँमा अवतरण

कतारका राजा काठमाडौँमा अवतरण



काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् ।

थानी चढेको विमान ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

अमिर थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।