इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा



काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत KYC लिने प्रकृया जारी गरेको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration Form सहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत प्राप्त हुन्छ । KYC सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले Video KYC को अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल (Agent Portal) मार्फत पेश गरे e-Applicaton Declaration Form मा आवश्यक विवरणहरु भरी scan गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो KYC सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

यस Video KYC को सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा कम्पनीले गरेको छ । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ । website: https://citizenlifenepal.com/