एभर्टनसँग लिभरपुल स्तब्ध

एभर्टनसँग लिभरपुल स्तब्ध


ग्लोब नेपाल
54
Shares

लन्डन। इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो ।  लिग जितको दौडमा रहेको लिभरपुललाई यो हारले ठुलो धक्का पुग्ने देखिएको छ ।

एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए । यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ । त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

३४ खेलमा ७७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

शेफिल्डमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले शेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ह्यारी म्याग्युरे र रासमस होजलण्डले एक एक गोल गरेका थिए । त्यसैगरी शेफिल्डका लागि जयडेन बोगले र बेन डियाजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५३ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै शेफिल्डको भने ३४ खेलमा केवल १६ अंक रहेको छ र यस सिजनमा रेलिगेसनको नजिक रहेको छ ।