इन्टेग्रिटी आइकन नेपाल २०२४ को मनोनयन खुला

इन्टेग्रिटी आइकन नेपाल २०२४ को मनोनयन खुला


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । हरेक वर्ष सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम, इन्टेग्रिटी आइकन नेपाल २०२४ का लागि मनोनयन खुला गरेको छ । एकाउन्टबिलिटी ल्याब नेपालले आयोजना गर्दै आएको यो कार्यक्रममा आम सेवाग्राहीले आफूलाई चित्त बुझेको कर्मचारीलाई इन्टेग्रिटी आइकन नेपाल २०२४ का लागि मनोनयन गर्न सक्नेछन् ।

यस वर्षका लागि मनोनयन गर्ने अन्तिम मिति २०८१ साल वैशाख १८ गते सम्मलाई तोकिएको छ । इन्टेग्रिटी आइकनको वेबसाइटबाट अनलाइन फारम भरेर सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीलाई सम्मानका लागि मनोनयन गर्न सकिने छ एकाउन्टबिलिटी ल्याब नेपालले जनाएको छ । साथै ल्याबको फेसबुक पेज, इन्स्टाग्राम, एक्स बाट फारमको लिङ्कमा गएर पनि अनलाइन फारम भर्न सकिने छ ।

इन्टेग्रिटी आइकन नेपालबाट हरेक वर्ष पाँच जना इमान्दार कर्मचारीलाई सम्मान गर्दै आइएको छ ।