बेलायतसँग नेपाली फुटवल टोली भिड्ने

बेलायतसँग नेपाली फुटवल टोली भिड्ने



लन्डन । बेलायतसँग नेपाली राष्ट्रिय फुटवलको टोली खेल्ने भएको छ । मे ६ तारिख सोमबार बैंक होलिडेका दिन दिउँसो ३ बजे अल्डरसट टाउन फुटबल क्लबमा सो खेल तय भएको हो ।

खेलका लागि नेपाली समुदायको तर्फबाट संयोजकको जिम्मेवारी लिएका कमल कोनेले शुक्रवारसम्म दुई हजार बढी टिकट बिक्री भइसकेको बताए । सो खेललाई अनलाइन मार्फत समेत प्रत्यक्ष प्रसारण गरिने भएको छ।

खेल हेर्न टिकट शुल्क १७ वर्षमुनिका लागि ५ पाउण्ड र वयस्कका लागि १० पाउण्ड तोकिएको छ । सो खेल हेर्न ८ हजार दर्शक आउने अपेक्षा गरिएको छ ।