ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

ब्राइटनमाथि म्यानचेस्टर सिटीको फराकिलो जित


ग्लोब नेपाल
54
Shares

लन्डन । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने केभिन डी ब्रुने र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी लिगमा दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा ७६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको आर्सनल ३४ खेलमा ७७ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी ब्राइटनको भने ३३ खेलमा ४४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।