प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन खुला

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन खुला


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी,मा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाति, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो ।

बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।