मतदानपछि बुबालाई सम्झिएर भावुक भए सुहाङ

मतदानपछि बुबालाई सम्झिएर भावुक भए सुहाङ


ग्लोब नेपाल
135
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । बिहान ७ बजे अधिकांश मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानका लागि क्षेत्रभर ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र छन् । निर्वाचनमा काँग्रेस, एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

४२ वडाका १ लाख १६ हजार ८ सय ८९ मतदाता मतदानमा सहभागी हुनेछन् । निर्वाचान सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको बाक्लो तैनाथी छ ।

एमाले सांसद एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त उक्त स्थानमा उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङपुत्र सुहाङलाई उम्मेदवा बनाएको हो ।

मतदानपछि प्रतिक्रिया दिँदै सुहाङले आफूले जित्नेमा ढुक्क रहेको बताए । मत माग्न घरदैलो कार्यक्रममा गएका बेला मतदाताले देखाएको सदभावबाट आफूले जित्नेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

उनले अघिल्लो निर्वाचनमा डेढ वर्षअघि बुबासँगै आएको स्मरण गरेर केही भावुक भए । ‘डेढ वर्षअघि म बाबाको चुनावमा सहयोग गर्न आएको थिए’, उनले भने, ‘निर्वाचनको अवस्थाले मलाई भावुक बनाएको छ ।’