इलाम-२ प्रारम्भिक मतपरिणामा कांग्रेसका खड्का अगाडि

इलाम-२ प्रारम्भिक मतपरिणामा कांग्रेसका खड्का अगाडि



काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत ल्याएका छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन् ।

इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना गरिएको हो ।