काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालमा लगानी गर्न चाहने लगानीकर्ताका लागि वातावरण तयार गरिदिनुपर्ने बताभएकी छन् ।
वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल लगानी सम्मेलन २०२४’ का सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकाी हुन् ।
‘लगानीकर्ताहरूलाई हामीले वातावरण निर्माण गरिदिनुपर्छ । केही(केही ऐन, कानूनका कारण उत्पन्न भएको समस्या समाधानका लागि अध्यादेशबाट लगानी सम्मेलनलाई नै आधार मानेर केही अध्यादेश ल्याएको छ । खासगरी नदी कोरिडोरको विषयमा । बाध्यात्मक अवस्था सिर्जना गर्ने चिजहरू, वातावरणीय कुराहरू रहेका छन्’ उनले भनीन् ।
लगानी गर्नका निम्ति नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानूनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि लगानीका लागि सम्भावना भएको बताइन् । उनले भनीन्, ‘नेपालमा लगानी गर्नका निम्ति प्रशस्तै सम्भावनाहरू रहेका छन् । खासगरी नेपालमा लगानी गर्न चाहने वैदेशिक लगानीकर्ताहरूलाई लगानी गर्न म आह्वान गर्दछु । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि यहाँ ठाउँ पनि छ र सम्भावना पनि छ।
’खासगरी मुलुक अहिले आर्थिक समृद्धिको दिशामा लगानी बढेको भन्दै उनले लगानीका लागि नेपालमा आउन लगानीकर्तालाई आग्रह गरीन् ।
प्रतिक्रिया