इलाम–२ : झिनो मतले कांग्रेस उम्मेदवार खड्काकाे अग्रता

इलाम–२ : झिनो मतले कांग्रेस उम्मेदवार खड्काकाे अग्रता



इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन् ।

एमाले उम्मेदवार सुहाङ नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन् ।

अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ । अहिलेसम्म वडा नम्बर १, २ र ३ को गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।