इलाम–२ : सुहाङ भन्दा ३४६ मतले पछि परे डम्बर

इलाम–२ : सुहाङ भन्दा ३४६ मतले पछि परे डम्बर



इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न भएको छ ।

जसअनुसार पछि परेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् ।

सुहाङले ३४६ मतले अघि लागेका छन् ।

हालसम्म पाँच हजार ८६८ मत गणना भएको छ । जसमध्ये पहिलो दल एमालेले २,५४२ , दोस्रो दल कांग्रेसले २,१९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ ।