इलाममा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै

इलाममा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै


ग्लोब नेपाल
486
Shares

इलाम- इलाम निर्वाचन क्षेत्र-२ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिइरहेका छन् ।

हालसम्म फाकफोक थुमको गणना सकिंदा नेम्वाङले ५ हजार २७ मत प्राप्त गरेका छन भने काँग्रेसका उम्मेदवार डम्वरबहादुर खड्काले ३ हजार ७ सय ५९ मत प्राप्त गरेका छन् । १२ सय बढीको मतान्तरले नेम्वाङ खड्का भन्दा अघि छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्वुले १ हजार ९ सय ९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले ७ सय ६० मत प्राप्त गरेका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ । अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ । इलाम-२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ ।