इलाम-२ मा एमालेका उम्मेदवारको अग्रता कायमै, बझाङमा कांग्रेस अगाडी

इलाम-२ मा एमालेका उम्मेदवारको अग्रता कायमै, बझाङमा कांग्रेस अगाडी


ग्लोब नेपाल
108
Shares

इलाम । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अझ फराकिलो बनाउँदै लगेका छन् । उनले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् भने कांग्रेसका डम्बर खड्काले ६ हजार २ सय ८० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डेगेन्द्र थेगिमले ४ हजार ६ सय ३४ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले १ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

यसैगरी बझाङमा भएको उपनिर्वाचनको हालसम्मको मत परिणामः
हालसम्म जनपा, खप्तडछान्ना,छविसपाथिभेरा , थलारा ९ र सुर्मा र मष्टा १/२/३ सम्मकाे अन्तिम मत परिणाम

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह: ८,४०६
नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी: ८,१६५
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढा: ३,११३
नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह: २,२६६
अब तल्कोट गाउपालिका र साइपाल गाउपालिका मतगणना हुन बाँकी ।