इलाममा सुहाङलाई फराकिलो अग्रता

इलाममा सुहाङलाई फराकिलो अग्रता



इलाम । इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १२ हजार मत कटाउँदा मतान्तर साडे ४ हजारले फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४ सय ५ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ८ सय ८२ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ७ हजार ७ सय ६९ मत प्राप्त गरेका छन् । थेगिम भन्दा खड्का ११३ मतले अगाडि छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।