इलाम २ मा सुहाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता

इलाम २ मा सुहाङलाई ५ हजारभन्दा धेरै मतको अग्रता



काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार मतको अग्रता लिएका छन् ।

पछिल्लाे मत परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १५ हजार ५ सय ६३ मत प्राप्त गरेका छन् । कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ६८ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्काबीच ५ हजार ४ सय ९५ मतको अन्तर छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ६ सय ८९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् ।