इलाम-२ मा सुहाङको फराकिलो अग्रता कायमै

इलाम-२ मा सुहाङको फराकिलो अग्रता कायमै



काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ८ सय मतको अग्रता लिएका छन् ।

पछिल्लाे मत परिणाम सार्वजनिक हुँदा एमालेका नेम्वाङले १७ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् । कांग्रेसका डम्बरबहादुर खड्काले ११ हजार ७ सय १४ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्काबीच ५ हजार ८ सय ६३ मतको अन्तर छ ।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ३ सय ९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।