इलाम- २ मा सुहाङको अग्रता कायमै

इलाम- २ मा सुहाङको अग्रता कायमै



काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

पछिल्लो विवरण अनुसार सुहाङले १९ हजार ११४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२ हजार ६७५ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ६ हजार ४३९ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९ हजार ४१० मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३२४२ मत प्राप्त गरेका छन् ।