इलाम-२ उपनिर्वाचनः नेकपा एमालेका सुहाङ विजयी

इलाम-२ उपनिर्वाचनः नेकपा एमालेका सुहाङ विजयी


ग्लोब नेपाल
675
Shares

इलाम । इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाउनु भयो भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।

१९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मतमा चित्त बुझाउनुपर्‍यो ।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम- २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए । निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो ।