विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ । 

वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

बैठकको निर्णय सुनाउदै उनले भने, ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’ 

उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।