चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने



काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस वर्षको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको बताए ।

यस वर्षका ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए ।

सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो । तर, बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशीले लेखाका तथ्यांक महत्त्वपूर्ण रहेको बताए । उनले लेखा तथ्यांक २०१८/१९ सालदेखि सुरु भएर २०२१/२२ देखि सार्वजनिक गर्दै आएको जानकारी दिए ।

नेपालको सन्दर्भमा १८ किसिममा वस्तुलाई विभाजन गरेर तथ्यांक तयार पार्ने गरिएको उनको भनाइ छ । नौ महिनाको वास्तविक आँकडा प्रयोग गरेर तथ्यांक तयार पारिएको उनले बताए ।