गाजा युद्धको विरोधमा अमेरिकी विश्वविद्यालयहरुमा व्यापक प्रदर्शन

गाजा युद्धको विरोधमा अमेरिकी विश्वविद्यालयहरुमा व्यापक प्रदर्शन



गाजा युद्धको विरोधमा अमेरिकी विश्वविद्यालयहरुमा व्यापक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुलाई तितर बितर पार्न सेना र प्रहरी नै परिचालन गरिएका छन् ।

विगत दुई सातादेखि विश्वविद्यालय हाताभित्रै विरोध शिविर नै खडा गरेर बसेका विद्यार्थीलाई हटाउन व्यापक रुसमा सुरक्षाकर्मी परिचालन गरिएको हो । डलासको टेक्सस विश्वविद्यालयमा प्रदर्शनकारीहरुको शिविरमा सेना परिचालन गरिएको जनाइएको छ ।

यसैगरी लस एन्जल्सको क्यालिफोर्निया विश्वविद्यालयमा प्यालेस्टायन समर्थक शिविरहरुमा हिंसात्मक कार्यहरु भएको विश्वविद्यालयका उपकुलपतिले नै रिपोर्ट गरेका छन् ।

विश्वविद्यालय हाता भित्रै इजरायल समर्थक काउन्टर प्रदर्शनकारीले आफ्ना प्रतिद्वन्द्वीहरुलाई लाठीले आक्रमण गर्दै ब्यारिकेडहरु भत्काउने प्रयास गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट प्रहरीले तीन सय प्रदर्शनकारीलाई पक्राउ गरेको छ । लस एन्जल्समा १५ जना घाइते भएका छन् । प्यालेस्टायन समर्थकहरुको शान्तिपूर्ण आन्दोनमा बाहिरका आन्दोलनकारीहरुले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

अमेरिकी विश्वविद्यालयहरु गाजा युद्धको विरोधले घेरिएका छन् । इजरायलसँग सम्बन्धित कम्पनी र व्यक्तिहरुलाई बहिष्कार गर्नुपर्ने माग प्रदर्शनमा सहभागी विद्यार्थीहरुको छ ।