गुल्मीमा आगोलागीले नेपाल टेलिकमको टावरमा क्षति

गुल्मीमा आगोलागीले नेपाल टेलिकमको टावरमा क्षति


ग्लोब नेपाल
27
Shares

गुल्मी । गुल्मीमा आगोलागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ । मालिका गाउँपालिका वडानम्बर-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभिन्न उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

आगोलागीबाट नेपाल टेलिकमको बि.टि.एस. टावरमा जडान भएको सोलार प्यानलको तार, सोलार ब्याट्रि ७२ वटा, विद्युत मिटरबक्स, केबुल(तारहरु) सम्पुर्ण जलेर क्षति भएको छ । टावर वरपर लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ ।

जिल्लामा गर्मी र सुख्खा मौसम शुरु भएसँगै दैनिकजसो आगोलागीका घटनाहरू बढ्दै गएका छन् । आगोलागीका कारण जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर-६ दौघामा ५ वटा घर गोठ र पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्लामा वैशाख महिना शुरु भएपछि आगोलागीका घटना दैनिक बृद्धि भएका छन् । जिल्लामा ८० वटा सामुदायिक वनमा आगोलागी हुँदा करिब १५० घर गोठ जलेर नष्ट भएका छन् ।

सयौं नागरिक घरबार बिहिन भएका छन् । आगोलागीका कारणले १०० बढी पशुचौपाया जलेर नष्ट भएका छन् । अहिले आगोलागी प्रभावित क्षेत्रमा राहत, उद्दारको काम स्थानीय सरकार र विभिन्न संघ संस्थाले गरेका छन् । जिल्लामा पछिल्लो समय आगो लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेका छन् ।

जिल्लाका रेसुङ्गा, धुर्कोटबाट आगोलगाएको आरोपमा ३ जनालाइ पक्राउ गरेर प्रहरीले सार्वजनिक समेत गरेको छ । उनिहरुलाइ वन ऐन अनुसारको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रहरीले आगो लगाएको आरोपमा अरू थप २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आगोलागीका घटना बढ्दै जानु र लगाउने व्यत्ति समेत पक्राउ पर्न थालेसँगै प्रहरीले सक्रियता बढाएको छ ।