क्यानडा पुगे लगत्तै विद्यार्थीले रोजगारी पाउँछन् भन्ने भ्रममा नपर्न नेपाली दूतावासको आग्रह

क्यानडा पुगे लगत्तै विद्यार्थीले रोजगारी पाउँछन् भन्ने भ्रममा नपर्न नेपाली दूतावासको आग्रह


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने विद्यार्थीले सहजै रोजगारी पाइहाल्छन् भन्ने भ्रममा नपर्न भन्दै सचेतनामूलक सन्देश जारी गरेको छ ।

अध्ययनका लागि क्यानडा गएका विद्यार्थीले जागिर नपाउँदा समस्या भइरहेका विवरणहरू आइरहेका बेला ओटालास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्ने, खाने खर्च व्यवस्थापन गरेर मात्र पठाउन भनेको हो ।

‘क्यानडा पढ्न आउने विद्यार्थीले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अतिआवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ’, दूतावासले भनेको छ ।

दूतावासले अध्ययनका लागि आउँदा कलेज वा विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकिन गरेर मात्र शैक्षिक शुल्क तिर्न पनि भनेको छ ।

‘डेरा खोज्दा पनि घर मालिकको तथ्य सूचना लिएर मात्र भाडा रकम भुक्तानी गर्नुपर्दछ’, दूतावासले भनेको छ, ‘सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परेर भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ ।’