प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच सिंहदरबार भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच सिंहदरबार भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको छ ।

उनीहरुबिच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको बुझिएको छ ।