श्रीमतिको हत्या गरें भन्दै ओखलढुंगाका सन्तोष पुगे बौद्ध प्रहरी वृत्त

श्रीमतिको हत्या गरें भन्दै ओखलढुंगाका सन्तोष पुगे बौद्ध प्रहरी वृत्त


ग्लोब नेपाल
486
Shares

काठमाडौं । काठमाडौंमा एक युवक श्रीमतिको हत्या गरें भन्दै आफैं प्रहरीमा उपस्थित भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियार बुधबार आफैं प्रहरी वृत्त बौद्ध गएका हुन् ।

आफूले प्रहरीमा ३५ वर्षीया श्रीमति अनिशा चाहारको हत्या गरेको बताएका छन् । मंगलबार राति कुटपिट गर्दा अनिशाको मृत्यु भएको जनाएका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बौद्ध प्रहरीले जनाएको छ ।