डिभी पर्नेहरुलाई अमेरिका प्रवेश गर्न बाइडेन प्रशासनमा सजिलो

डिभी पर्नेहरुलाई अमेरिका प्रवेश गर्न बाइडेन प्रशासनमा सजिलो


ग्लोब नेपाल
432
Shares

काठमाडौं । सन् २०२५ का लागि डाइभरसिटी भिसा प्रोग्राम (डिभी) को पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । यो नतिजाले धेरैलाई उत्सुक बनाएको छ भने बाँकी दोस्रो चरणको नतिजाको प्रतिक्षामा छन् ।

विश्वभरिबाट ५० देखि ५५ हजारमा डिभी पर्छ । एसियाबाट दोस्रो धेरै डिभी पर्ने देशमध्ये नेपाल पर्छ । ट्राभल स्टेट जिओभीका अनुसार सन् २०२३ मा एसियाबाट ३ हजार ८ सय ८ जना नेपालीलाई डिभी परेको थियो । एसियाबाट सबैभन्दा धेरै इरानीलाई डिभी परेको थियो । त्यसबेला ५ हजार ५ सय ६ जना इरानीलाई डिभी परेको थियो । सबैभन्दा थोरै माल्दिप्सबाट १ जना र उत्तर कोरियाबाट २ जनालाई डिभी परेको थियो । भारत, चीन, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, भेतनाम र दक्षिण कोरियाका नागरिकले डिभि पर्न पाउँदैनन ।

यतिबेला २०२४ को धमाधम अन्तर्वार्ता भइरहेको छ र उनीहरु अमेरिका आउने क्रम जारी छ । हाल सार्वजनिक भएको चिट्ठा सन् २०२५ को लागि हो । ३० सेप्टेम्बर २०२५ सम्म दोश्रो पत्र पाउनेहरुको अन्तर्वार्तामा उत्रिण भएपछि मात्र अमेरिका आउने बाटो खुल्नेछ । प्रथम तथा दोश्रो पत्र प्राप्त गर्ने बित्तिकै अमेरिका आउन पाउने भन्ने प्रत्याभूति (ग्यारेन्टी) भने हुँदैन ।

चिट्ठा भर्ने जो कसैको पनि शैक्षिक योग्यता कम्तिमा १२ कक्षा उत्रीण भएको हुनु पर्नेछ । विविधता चिट्ठा परेकाहरुले जबसम्म अमेरिकाको लागि अमेरिकी दुताबासले भिसा (प्रवेशाज्ञा) दिदैन तबसम्म धैर्यधारण गर्नपर्ने हुन्छ । पहिलो पत्र र दोश्रो पत्र प्राप्त गर्ने बित्तिकै अमेरिका जाने निश्चित भयो भनेर सोच्न गल्ती हुने जानकारहरु भन्छन् ।

जब सम्म प्रवेशाज्ञा पाइदैन, चिट्ठा सम्बन्धी आफ्ना घर परिवारभित्रै सीमित राख्न सकिएमा अझ राम्रो हुनेछ । विविधता चिट्ठा पाउने बित्तिकै हर्ष र खुसीको कारण सबैलाई हल्ला फिजाउने हुँदा बिगतमा थुप्रै जनाको भिसा रद्ध अर्थात् भिसा नपाएका कारण मानिसहरु ज्यादै दुखिद भएका र मानसिक स्वास्थ्यमा समेत असर परेको देखिएको छ ।

अहिले बाइडेन प्रशासनको कार्यकालमा कागजात थुप्रै बुझाउन नपर्ने भएको छ । अर्थात् चिट्ठा परेकाहरुलाई अमेरिकामा बसोबास गर्नेले केवल स्वागत पत्र (वेलकम लेटर) लेखेमा मात्र अमेरिका आउन पाउने छन ।