वोल्भ्समाथि म्यानचेस्टर सिटी ५-१ ले विजयी

वोल्भ्समाथि म्यानचेस्टर सिटी ५-१ ले विजयी


ग्लोब नेपाल
108
Shares

लन्डन । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ४ गोल गरेका थिए । त्यस्तै एक गोल जुलियन अल्भारेजले गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि एक गोल ह्वांग ही चानले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी यस सिजनको लिग विजेताको दौडमा प्रबल दाबेदारको रुपमा कायम रहेको छ । शिर्ष स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ३५ खेलमा ८२ अंक रहेको छ भने आर्सनलको ३६ खेलमा ८३ अंक रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने ३६ खेलमा ४६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।