एमाले भोजपुरको अध्यक्ष खड्का विजयी

एमाले भोजपुरको अध्यक्ष खड्का विजयी


ग्लोब नेपाल
54
Shares

भोजपुर । नेकपा एमालेको जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित भएका छन् । शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का विजयी भएका हुन् ।

खड्काले ३१७ मत प्राप्त गर्दै विजयी भएका छन् भने राईले २२३ मत प्राप्त गरेका थिए । 

पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि ६०८ प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो ।  खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएका छन् । अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो ।