फुट्यो जसपा, अशोक राई नेतृत्वमा नयाँ पार्टी गठन

फुट्यो जसपा, अशोक राई नेतृत्वमा नयाँ पार्टी गठन



काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएकाे छ ।

जसपाका सात जना सांसदहरू निवेदन लिएर निर्वाचन आयोग पुगेका हुन् । सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोग पुगेका हुन् ।

सञ्चारमाध्यममा आएका जे जति कुरा हुन्, त्योभन्दा बढी आफूसँग सूचना नभएको पार्टी प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनले भने, ‘निवेदन दिन जाने माननीयज्यूसँग सम्पर्क गर्न खोजेको हुँ, मेरो सम्पर्क हुन सकेन ।’ अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया के पाउनु भयो भन्ने ग्लोब नेपालको जिज्ञासमा उनले भने, उहाँ यतिबेला अमेरिका भ्रमणमा हुनुहुन्छ, ७ तारिख बिहान १ बजे मात्र काठमाडौं आइपुग्ने कार्यतालिका छ । त्यसपछि मात्र उहाँसँग सम्पर्क हुनसक्ला ।’ अमेरिकामा स्वास्थ्य मन्त्रालयको कामबाहेक पार्टी कार्यकर्ता र नेपाली समाजसँग भेटघाट कार्यक्रम रहेको प्रचार प्रमुख बस्नेतले जानकारी दिए । ।

भ्रमण तालिका छोट्याएर अध्यक्ष यादव आजै काठमाडौं फर्किदैछन् । यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।