बुटवलमा रहेको मुख्मन्त्रीको आवास हटाउने निर्णय

बुटवलमा रहेको मुख्मन्त्रीको आवास हटाउने निर्णय


ग्लोब नेपाल
81
Shares

दाङ । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउने गरी सरकारले भाडामा लिएको थियो ।

बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास भने यथावत थियो । आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति गठन गरेको छ ।

यस्तै प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि विभागीय मन्त्री नियुक्ति नहुँदासम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री दिपेन्द्र पुनलाई दिइएको थियो ।