नेकपा एसको संसदीय दलको बैठक जारी

नेकपा एसको संसदीय दलको बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा अहिले बसिरहेको छ ।

जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेका बेला अध्यक्ष माधव नेपालले दलको बैठक राखेका हुन् ।

बैठकमा यही वैशाख २८ गतेबाट सुरु हुने संसद्को बजेट अधिवेशनबारे छलफल हुने उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । नेकपा एसमा १० सांसद छन् ।

नेकपा एसभित्र यहि सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत बलियो रुपमा प्रकट भइरहेका छन् ।

खासगरी एमालेका अध्यक्ष केपी ओलीको भूमिकालाई लिएर अध्यक्ष नेपालले सार्वजनिक रूपमा नै असन्तुष्टि पोख्दै आएका छन् ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने अध्यक्ष नेपालकाे प्रयास असफल भएकाे बताइएकाे छ ।