श्रीमान् विदेशमा, परपुरुषसँग होटलमा बसेकी महिला मृत

श्रीमान् विदेशमा, परपुरुषसँग होटलमा बसेकी महिला मृत


ग्लोब नेपाल
6.4k
Shares

काठमाडौं । गोंगबुमा एक युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका–२ घर भई हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी मृत भेटिएकी हुन् । शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो ।

चिकित्सकले उनलाई तत्काल मृत्यु घोषणा गरेका थिए । उनी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । मृतक परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएको छ । प्रहरीले कार्कीलाई पक्राउ गरेको छ ।

मृतकको आँखासहित शरीरका विभिन्न भागमा चोटपटक छ । मृतकका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको काठमाडौं प्रहरी परिसरका एसपी अंगुर जिसीले जानकारी दिए ।