रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरवारमा बिहान ८ बजे बस्ने समय तालिका निर्धारण भएको थियो । तर निर्धारित समयमा बैठक प्रारम्भ भएको छैन ।

बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत विषयमा छलफल हुने उनले बताए।