डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० को नतिजासहित फाइनलमा पुगेको हो ।

डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यसअघि पहिलो लिगमा पनि डोर्टमण्डले पिएसजीलाई १-० गोल ले नै पराजित गरेको थियो ।

डोर्टमण्ड तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड  त्यसपछि २०१३ मा फाइनलमा पुगेर पराजित भएको थियो । अब डोर्टमण्डले फाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग खेल्ने छ ।